२३ कार्तिक २०८३, सोमबार

संविधान आफैंमा न्याय र अधिकारको हतियार हो, कार्यान्वयन गरौं: प्रधानन्यायाधीस श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kalyan-shresthaताप्लेजुङ, ७ पुस । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले दृढ सङ्कल्प र अठोटका साथ नयाँ संविधानको कार्यान्वयनमा सबै पक्षले ध्यान दिन आवश्यक भएको बताउनुभएको छ ।

संविधानले सबै पक्षको न्याय र अधिकारलाई समेटेकाले संविधानको कार्यान्वयनमा साथ दिँदै यसैको परिधिबाट जटिलताको अन्य गर्नुपर्ने उहाँले बताउनुभयो ।

ताप्लेजुङ जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्न ताप्लेजुङ आइपुग्नुभएका श्रेष्ठले उद्घाटन समारोहलाई सम्बोधन गर्दै संविधान आफैंमा न्याय र अधिकारको हतियार भएकाले संविधानलाई लिएर असन्तुष्टिको लडाइँ गर्नुभन्दा पनि कसरी कार्यान्वयनमा सहयोग पु¥याउन सकिन्छ भन्ने विषयमा चासो राख्न आवश्यक भएको बताउनुभयो ।

मुलुकको विकास र समृद्धिसँगै आवश्यकताअनुसार संविधानले रुप फेर्ने उहाँको भनाइ थियो ।

संविधानको कार्यान्वयन भएको खण्डमा संसारका कुनै पनि संविधानले नदिएको लाभ नेपालको संविधानले दिनसक्ने भन्दै उहाँले यसभित्र नै नेपाल र नेपाली जनताको उज्ज्वल भविष्य रहेको दाबी गर्नुभयो ।

एक फरक प्रसंगमा उहाँले सबै नेपाली जनतालाई न्यायको पहुँचमा पु¥याउन आफूले सक्दौ काम गर्ने वचनबद्धता प्रकट गर्नुभयो ।

जिल्ला अदालतको नवनिर्मित भवन करिब रु साढे चार करोडमा २०७० सालमा निर्माण भएको थियो । यसअघि विभिन्न कारणले भवन उद्घाटन कार्यक्रम स्थगित हुँदै आएको थियो । रासस