३० आश्विन २०८३, शुक्रबार

पर्यटन, जलविद्युत् र कृषिमा जोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taanकाठमाडौँ, ७ पुस । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पर्यटन विकास देशको आर्थिक मेरुदण्ड भएको बताउनुभएको छ ।

युवा पत्रकार समाजले आज यहाँ आयोजना गरेको नवनिर्वाचित ‘टान कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई गरिएको सम्मान’ कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले पर्यटन, जलविद्युत् र कृषिमा विकास गर्न सके देशको कायापलट हुने स्पष्ट पार्नुभयो । उहाँले देशको अथाह सम्पदालाई प्रयोग गरी आर्थिक क्रान्ति गर्नु अहिलेको आवश्यकता रहेको औँल्याउँदै भन्नुभयो, “अहिले नेपालमा वार्षिक पाँचदेखि सात लाख पर्यटक आउने गरेकाले अब १० लाख ल्याउने गरी गुरुयोजना बनाउनु आवश्यक छ ।”

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालको पर्यटन क्षेत्रको विकास गर्नका लागि नवनिर्वाचित कार्यसमिति दृढ भएर लाग्ने बताउनुभयो ।

ठमेल परिषद् विकास समितिका अध्यक्ष रामशरण थपलियाले नेपालको राजस्वको प्रमुख केन्द्र पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

टानका वरिष्ठ उपाध्यक्ष टासीलाक्पा शेर्पाले पर्यटन क्षेत्रको राम्रा कुरालाई प्रोत्साहन गर्दै विकृति विसङ्गतिमा खबरदारी गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । टानका महासचिव कर्ण लामाले विदेशी सञ्चारमाध्यमले भूकम्पले नेपालको पर्यटनको बारेमा गलत प्रचारप्रसार गर्दा नेपालको पर्यटन क्षेत्रमा ह्रास आएको भन्दै नेपाल सुरक्षित छ भन्ने सन्देश दिनु जरुरी रहेको बताउनुभयो । रासस