२३ कार्तिक २०८३, सोमबार

कुरा मिलेको छ, अब छिट्टै नाकाबन्दी खुल्छ : उपप्रधानमन्त्री रावल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawalकाठमाडौं, ७ पुस । उपप्रधान एवम् रक्षामन्त्री भीम रावलले मुलुकको राजनीति सहजतातर्फ उन्मुख भएको भन्दै छिट्टै नाकाबन्दी लगायत आपूर्ति व्यवस्था सहज हुने बताउनुभएको छ । उहाँले सबैतिरबाट कुरा मिल्दै आएको संकेत गर्नुभयो ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै मन्त्री रावलले पछिल्ला राजनीतिक वार्ता र सम्वाद सकारात्मक रुपमा अगाडि बढेको बताउनुभयो ।

‘नाकाबन्दी र यो आपूर्ति असहजता छिट्टै हट्छ’, उहाँले भन्नुभयो, ‘वार्ता र सम्वादहरू सकारात्मक रुपमा अगाडि बढेको छ । सरकार मुलुकलाई राजनीतिक निकास दिन सधै क्रियाशील छ ।’

भारतले तीन बुँदे सरकारी निर्णयको स्वागत गरेकोमा धन्यावाद दिनुभएका उपप्रधानमन्त्री रावलले राजनीतिक विषयलाई नेपालभित्रै समाधान खोजिने बताउनुभयो । भारतले नेपालप्रति देखाएको चासोलाई उहाँले छिमेकीको सदासयता मात्रै भएको बताउनुभयो ।

तराईका पाँच जिल्लाका विषयमा उहाँले अहिले पनि पुरानै अडान दोहराउनुभएको छ । ‘झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको सीमाङ्कनमा हेरफेर हुँदैन’, उहाँले भन्नुभयो, ‘त्यहाँको जनता मिलेर बस्न चाहन्छन् भने अरुलाई किन टाउको दुःखाइ ?’