२३ कार्तिक २०८३, सोमबार

के विषयमा सहमति खोज्दै छन् कांग्रेस र मधेसी मोर्चाले ?, आज पुनः वार्ता हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ७ पुस । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वार्तालाई आज पनि निरन्तरता दिने भएको छ ।

बिहान नौ बजे महाराजगञ्जस्थित कांग्रेस सभापति सुशील कोइरालाको निवासमा वार्ता हुने नेताहरूले बताएका छन् । वार्तामा संसदमा पेश भएको संविधान संशोधनसम्बन्धी विधेयक र मधेस आन्दोलनको सफेल ल्यान्डिङका विषयमा छलफल हुने बुझिएको छ ।

बैठकमा विशेष गरेर मुलुकलाई राजनीतिक निकास दिने विषयमा छलफल केन्द्रित हुने जनाइएको छ ।

यसअघि हिजो राति भएको कांग्रेस र मधेसी मोर्चाको वार्तामा ठोस सहमति हुन सकेको थिएन । सहमति नभएपछि वार्ता आजका लागि बोलाइएको थियो ।

यसअघि कांग्रेसले यसैसाताभित्र दुई पटक मधेसी मोर्चासँग महाराजगञ्जमा परामर्श गरिसकेको छ । छलफलहरू सकारात्मक हुँदै आएको जनाइएको छ ।