१३ कार्तिक २०८३, शुक्रबार

‘नाका अवरोध कुनै आन्दोलन होइन, जनतालाई सास्ती दिने काम हो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Agni-Kharel-2दमक, ६ पुस । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले वार्तामा आउन नचाहने र नाका अवरोध गरेर आन्दोलन गर्नेको मागलाई सरकारले सम्बोधन नगर्ने बताउनुभएको छ ।

दमकमा आज ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनता कै माझमा’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नाका अवरोध कुनै आन्दोलन नभई जनतालाई सास्ती दिने काम मात्र हो भन्नुभयो ।

सरकार अहिले अन्य देशसँगको नाका खोल्न र व्यापारिक सम्झौता गर्न अघि बढेको बताउँदै उहाँले भारतसँगको सम्बन्ध पहिलाको जस्तै सुमधुर रहेको र यसलाई अझै राम्रो बनाउन आपूmहरू लागिपरेको जानकारी दिनुभयो । रासस