१३ कार्तिक २०८३, शुक्रबार

शैक्षिक सुधारका लागि अनेरास्ववियुको १५ बुँदे माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

annsfuउदयपुर, ६ पुस । जिल्लाको शैक्षिक अबश्था सुधारको माग गर्दै एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) उदयपुरले जिल्ला शिक्षा कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

सोमबार अनेरास्ववियुका केन्द्रीय सदस्य खगेन्द्र पोखरेल, उदयपुर अध्यक्ष सुरेन्द्र बस्नेत सहितको टोलीले जिल्ला शिक्षा अधिकारी दिलिप ठाकुर समक्ष १५ बुँदे माग पत्र पेश गरेको हो । माग पत्र बुझाउँदै बस्नेतले शिक्षक तथा शैक्षिक कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी बिद्यालयमा पढाउन व्याबहारीक नितीको व्याबस्था गरिनुपर्ने, सरकारी बिद्यालयमा बिभिन्न शिर्षकमा लिईने शुल्कको अन्त्य गरिनुपर्ने, शैक्षिक माफिया र दलालीकरणको अन्त्य गनिुपर्ने, निजी बिद्यालयहरुको शुल्क निर्धारणमा एकरुपता र बैज्ञानिक बनाउन पहल गरिनुपर्ने बताएका छन् ।

मागपत्रमा सामुदायिक बिद्यालयको पाठ्यपुस्तकमा हुने अनियमितताको अन्त्य गरिनुपर्ने, सम्पूर्ण शैक्षिक संस्थाहरुमा आवश्यक शिक्षक दरबन्दि सहित योग्य शिक्षकहरुको व्यबस्था गरिनुपर्ने र दोहोरो जागिरे प्रवृत्तिको अन्त्य गरिनुपर्ने, जिल्ला शिक्षा कार्यालयको हरेक निर्णय प्रक्रियामा बिद्यार्थी संगठनहरुलाई सहभागी गराईनुपर्ने, उमाबिमा लिईने चर्को शुल्कलाई समायोजन गरी व्याबहारिक बनाईनुपर्ने, बिद्यार्थीलाई नियमित छात्रबृत्ति, प्रोत्साहन र पुरस्कारको व्यबस्था गरिनुपर्ने, बिद्यालयमा नियमित अतिरिक्त क्रियाकलापहरुको आयोजना गर्ने वातावरण तयार गरिनुपर्ने लगाएतका मागहरु उल्लेख गरिएका छन् ।

ज्ञापनपत्र बुझाउँदै युनियनले आफुहरुको माग ७ दिन भित्र पुरा नगरे कडारुपमा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । त्यसक्रममा जिशिअ ठाकुरले हरेक निकायमा कमिकमजोरी रहने भन्दै आगामि दिनमा युनियनको जायज मागलाई सम्बोधन र कार्यान्वयन प्रक्रियासम्म पु¥याउन आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले शिक्षा क्षेत्रभित्र रहेका सबै बिकृतिलाई हटाउन आवश्यक रहेकाले यसमा सबैको साथ सहयोगको खाचो रहेको औल्याउनुभयो । मागपत्र बुझाउने अनेरास्ववियुका जिल्ला, क्षेत्र तथा नगर कमिटीका पदाधिकारी, एमाले नेता तथा कार्यकर्ताको टोली पुगेको थियो ।