२३ कार्तिक २०८३, सोमबार

सीमांकनमा ठोस प्रस्ताव आए मधेसी मोर्चाले भोलीदेखि नै आन्दोलन रोक्छः नेता कर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

laxmanlal-karnaकाठमाडौ, ६ पुस । सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले सरकार सार्थक बार्ताको लागि आए तीन महिनामा सीमांकन गर्ने विकल्पमा मधेसी मोर्चाले आन्दोलन रोक्न सक्ने संकेत गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले त्यसको लागि किन सरकारले तीन वा छ महिनाको समय भन्ने औचित्य भने पुष्टी गर्नुपर्ने तर्क गरे ।

सरकार समस्या समाधानमा लचक भएर लगातार बार्ता गर्ने भए बार्ता गर्न तयार रहेको स्पष्ट पार्दै जिम्मेवार भएर लगातार बार्ता गरे ४–५ दिनमा समस्याको समाधान निष्कने उनले ठोकुवा गरे ।

भारतीय राजदूत रञ्जित रेले नेपालको समस्या मिलेर समाधान गर्नुस भनेर भनेको उल्लेख गर्दै नेपालको समस्या नेपालमै समाधान हुनु पर्ने धारणा राखे ।

उनले भने– ‘विश्वयूद्ध त टेवलमै समाधान भयो, जनयूद्ध टेवलबाट समाधान भयो भने हाम्रो आन्दोलन पनि टेबलबाटै समाधान हुन्छ । तर सरकार एक दिन बार्तामा बोलाउँछ र १० दिन चुप लागेर बस्छ । सरकार जिम्मेवार भएन ।’

११ बुँदे मागमा सरकारको अवधारणा अहिलेसम्म नआएको र मन्त्री परिषदको निर्णयको विषयमा पनि आफूहरुलाई जानकारी नभएको भन्दै आफूहरु अहिले सरकारको निर्णयको पर्खाईमा रहेको सुनाए ।

कर्णले यूद्ध नियम विपरित जंगली राज्यमा नहुने कुरा ओली राज्यमा भईरहेको भन्दै जनता खान नपाएर सडकमा आएपछि ओली सरकार ढल्ने चेतावनी दिए । उनले भने– ‘जनताको आक्रोस आउन थालेको छ । यस्तै अवस्था रहे जनता सडकमा आउँछन र सरकार ढल्छ । ’