२३ कार्तिक २०८३, सोमबार

नाकाबन्दी, धर्ना र एम्बुलेन्स तोडफोड गर्ने कायर हुन् : प्रधानमन्त्री ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oliविराटनगर, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति कायम राख्न र साम्प्रदायिक द्वेष फैलिन नदिन सरकार सचेत रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले सरकार वार्ताद्वारा समस्या समाधान गर्न तयार रहेको प्रस्ट पार्नुभयो ।

उहाँले नेपाली जनताको भावनाअनुसार संविधान जारी भएको बताउँदै मुलुकको स्थायित्व र संविधान कार्यान्वयनका लागि एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नाकाबन्दी, धर्ना, एम्बुलेन्स तोडफोड गर्नु कुनै बहादुरीको काम नभएको भन्दै आ–आफ्ना कुरा शान्तिपूर्ण ढङ्गले राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– अहिले भइरहेको नाकाबन्दी, धर्ना र एम्बुलेन्स तोडफोड कार्य कायरताको पराकाष्ट हो ।

उहाँले सरकारको दुई महिनाको अवधिमा पुनःनिर्माणसम्बन्धी विधेयक संसद्बाट पारित भएको, सीमा नाकाहरु सहज भएकोलगायतका धेरै काम भएको दाबी गर्नुभयो ।

उहाँ विराटनगर विमानस्थलबाट सुनसरी–इटहरीमा आज आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन यहाँ आउनुभएको हो । रासस