
काठमाडौँ, ६ पुस । भारतीय ट्रकको ठक्करबाट राजधानीमा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
चन्द्रागिरी नगरपालिका–८ बलम्बु स्थित दाउरा डिपो नजिक युपी २५ एपि १०१९ नम्वरको भारतीय ट्रकले बा.६३ प १४१७ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिदाँ गम्भीर घाइते भएका चालक चन्द्रागिरी नगरपालिका–१७ बलम्बु बस्ने २० बर्षीय युगल श्रेष्ठको बीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल अनियन्त्रित भई बा.६७ प ८८२९ नम्बरको अर्को मोटरसाइकललाई समेत ठक्कर दिंदा चालक बत्तिसपुतली बस्ने सप्तरी ईनरुवा फुलवरीया–३ घर भएका ३१ बर्षीय रोशन कुमार चौधरी घाइते भएकोले बागेश्वरी अस्पताल सतुंगलमा लगिएको छ । ३ वटै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै फरार ट्रक चालकको खोजतलास गरिरहेको छ ।














प्रतिक्रिया