१३ कार्तिक २०८३, शुक्रबार

गौर नगर क्षेत्रमा पुनः अनिश्चितकालीन कर्फ्यु जारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gaurरौतहट, ६ पुस । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगर क्षेत्रमा पुनः निषेधाज्ञा आदेश जारी गरेको छ ।

सो कार्यालयले गौर नगर क्षेत्रको सुरक्षा अवस्थालाई दृष्टिगत गरी आइतबार बेलुकाबाट जारी भएको निषेधाज्ञा आदेश बिहान हटाएकामा अवस्था अझै सामान्य हुन नसकेको भन्दै आज बिहान १०ः३० बजेबाट लागू हुने गरी पुनः अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको जनाएको छ ।

सो कार्यालयले गौर नगरपालिकाअन्तर्गत उत्तरमा नयाँ बसपार्कको बडहरवा पुल, दक्षिणमा गौर भन्सार गेट, पूर्वमा हनुमान स्थानको बडहरवा पुल र पश्चिममा टिकुलिया गाउँदेखि पूर्वसम्मको क्षेत्रमा निषेधाज्ञा आदेश जारी भएको जनाएको छ । रासस