काठमाडौं, ६ पुस । राजधानीमा एक दम्पतीले विष सेवन गरी एकसाथ आत्महत्या गरेका छन् ।
ललितपुर–८ मा डेरा गरी बस्दै आएका ५४ वर्षीय गोपाल बरुवाल र उनकी ५० वर्षीया श्रीमती सानुले सल्फास नामक विषादी सेवन गरी आत्महत्या गरेको ललितपुर प्रहरीले जनाएको छ ।
विष सेवन गरी अचेत अवस्थामा फेला परेका दुबैलाई आइतबार राति पाटन अस्पतालतर्फ लगिएको थियो । सानुको अस्पताल लैजादै गर्दा बाटोमै र गोपालको अस्पतालमा मृत्यु भएको हो ।
काठमाडौं नार्गाजुन स्थायी ठेगाना भएका बरुवाल दम्पती छोराबुहारीसँगै पाटनमा डेरा गरी बस्दै आएका थिए । उनीहरु लामो समयदेखि कुमारीपाटीस्थित युनाइटेड एकेडेमीको चमेनागृहमा काम समेत गर्दै आएको खुलेको छ ।
विष सेवन गर्नुको कारण खुल्न सकेको छैन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया