२३ कार्तिक २०८३, सोमबार

पेट्रोल छर्किएर जिउँदै जलाउने मधेसी मोर्चाका कार्यकर्ता पक्राउ, तीन जना अझै फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Miteri pul Birganja Naka Morcha
फाइल तस्वीर

पथरी (मोरङ), ६ पुस । मोरङको भाथिगछ– ७ का २८ वर्षीय बब्लु राजवंशीमाथि पेट्रोल छर्किएर जिउँदै आगो लगाउने घटनामा संलग्न एकजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार भाथिगछ– २ का ४९ वर्षीय शिवु मलाहालाई पक्राउ गरिएको हो ।

जिप्रका मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार लुकेर बसेको सूचनाका आधारमा प्रहरीको विशेष टोलीले मोरङको कटहरीबाट मलाहलाई पक्राउ गरेको हो । अरोपित शिवुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन घटनाको अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक खरेलको भनाइ छ ।

उहाँले भन्नुभयो – “थप तीनजनालाई चाँडै पक्राउ गर्छाैं ।” घटनामा संलग्न भाथिगछ– २ का अजय सिंह, जीतेन्द्र मुखिया र जुगेश्वर मुखियालाई प्रहरीले खोजीरहेको छ । को१प २४५० नंको मोटरसाइकलमा भारतीय पम्पबाट १५ लिटर पेट्रोल खरिद गरेर आउँदै गर्दा बब्लुमाथि भाथिगछ– २ रामजानकी चोकमा गत मङ्सिर १० गते बिहान पेट्रोल छर्किएर आगो लगाइएको थियो । रासस