२३ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओली किन जाँदैछन् सुनसरी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli.काठमडौं, ६ पुस । एमाले अध्यक्ष समेत रहुनभएका प्रधानमन्त्री केपी ओली पार्टीको कार्यक्रममा सहभागी हुन आज सुनसरी जिल्ला जाँदै हुनुहुन्छ ।

सुनसरी जिल्लामा एमालेको कार्यक्रमलाई ओलीले उदघाटन गर्ने कार्यक्रम छ ।

बिहान एघार बजे त्यसतर्फ जाने प्रधानमन्त्री ओलीले एमालेका स्थानीय नेता तथा कार्यकहरूसँग भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

पछिल्लो समय पार्टीको कार्यक्रमलाई प्राथमिकता दिँदै आउनुभएका ओलीले आइतबार दुई नम्बर प्रदेशका सांसद र नेताहरूसँग पार्टी मुख्यालय धुम्बाराहीमा परामर्श गर्नुभएको थियो ।

सुनसरी भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले जिल्लाका कार्यालय प्रमुखहरूसँग पनि भेट गर्ने बुझिएको छ । ओलीको भ्रमणलाई लिएर सुनसरी जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।