
काठमाडौं, ६ पुस । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । अहिले केही समयपछि महाराजगञ्जस्थित कांग्रेस सभापति सुशील कोइरालाको निवासमा बस्ने बैठकमा क्रियाशील सदस्य छनौटका विषयमा छलफल हुनेछ ।
त्यसै गरी बैठकमा वर्तमान सरकारको कामकारबाही र मधेसी मोर्चाको पुनः चर्कन थालेको आन्दोलनका बारेमा पनि छलफल हुने स्रोतले जनाएको छ ।
वर्तमान सरकारले वार्ता र सम्वादलाई निरन्तरता दिन नसकेको भन्दै कांग्रेसले असन्तुष्टि जनाउँदै आएको छ ।
कांग्रेसले पछिल्लो समयमा मधेसी मोर्चासँग निकटता बनाइ राखेको छ ।












प्रतिक्रिया