३० आश्विन २०८३, शुक्रबार

बार्सिलोनाले जित्यो क्लब वर्ल्डकपको उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Barcelona-1

काठमाडौं, ५ पुस । स्पेनिस क्लब बार्सिलोनाले यसवर्षको क्लब वर्ल्डकप फुटबलको उपाधि जितेको छ ।

आइतबार भएको फाइनलमा बार्सिलोनाले अर्जेन्टिनी क्लब रिभर प्लेटलाई ३–० गोलले हराउँदै उपाधि कब्जा गरेको हो । बार्सिलोनाका लागि लुइस स्वरजले दुई तथा लिओनल मेस्सीले एक गोल गरे ।

जितसँगै बार्सिलोना तेस्रो पटक क्लब वर्ल्डकप च्याम्पियन बनेको हो । यसअघि २००९ र ०११ मा पनि बार्सिलोनाले क्लब वर्ल्डकपको उपाधि जितेको थियो ।

जापानको योकोहामामा भएको खेलमा बार्सिलोनाले ३६ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो ।

दोस्रो हाफमा स्वरेजले दुई गोल गरे । ४९ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका स्वरेजले ६८ औं मिनेटमा दोस्रो गोल गरे । क्लब वर्ल्डकपको दुई खेलमा पाँच गोल गरेका उनले गोल्डन बल पाएका छन् ।

FC Barcelona’s Lionel Messi is cheered under a pile of team mates after scoring against River Plate during their final match at the FIFA Club World Cup soccer tournament in Yokohama, near Tokyo, Japan, Sunday, Dec. 20, 2015. (AP Photo/Eugene Hoshiko)

Fans cheer on spectators' stand as they wait for the start of the final match between FC Barcelona and River Plate at the FIFA Club World Cup soccer tournament in Yokohama, near Tokyo, Sunday, Dec. 20, 2015. (AP Photo/Koji Sasahara)

FC Barcelona’s Dani Alves of Brazil, left, and River Plate’s Gonzalo Martinez fight for the ball during their final match at the FIFA Club World Cup soccer tournament in Yokohama, near Tokyo, Japan, Sunday, Dec. 20, 2015. (AP Photo/Shuji Kajiyama)

FC Barcelona’s Javier Mascherano of Argentina, left, and River Plate’s Leonardo Ponzio struggle for the ball during their final match at the FIFA Club World Cup soccer tournament in Yokohama, near Tokyo, Japan, Sunday, Dec. 20, 2015. (AP Photo/Shuji Kajiyama)