१३ कार्तिक २०८३, शुक्रबार

देशभरका जनतालाई प्रहरीको नयाँ र सजिलो सेवा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ, ५ पुस । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग चालचलन शाखाबाट बितरण हुदै आइरहेको प्रहरी चारित्रिक प्रमाणपत्र (Police Verification Report) को दर्ता तथा बितरण आज आइतबारदेखि पाँच वटै क्षेत्रका प्रहरी कार्यालयबाट गरिने भएको छ ।

प्रहरी चारित्रिक प्रमाणपत्र लिनेहरुको अत्याधिक चाप बढेकाले सेवाग्राहीको सुविधालाई मध्यनजर राखी क्षेत्रीय प्रहरी कार्यालयहरु बिराटनगर, हेटौडा, पोखरा र मध्यपश्चिम क्षेत्र अन्तर्गत अञ्चल प्रहरी कार्यालय भेरी र सुदूरपश्चिम क्षेत्र अन्तर्गत अञ्चल प्रहरी कार्यालय सेतीबाट निवेदन दर्ता तथा प्रमाणपत्र बितरण गरिने भएको हो ।

यसअघि रहेको प्रमाणपत्रका लागि काठमाडौँ आउनपर्ने बाध्यात्मक अवस्थाका कारण सेवाग्राहीलाई असुविधा भइरहेको हुदाँ क्षेत्रबाटनै दर्ता तथा बितरण व्यवस्था मिलाइएको प्रहरी प्रवक्ता डीआईजी कमलसिंह बमले जानकारी दिनुभयो ।

दर्ता गरेको निवेदन संकलन गरी एकमुष्ट प्रहरी प्रधान कार्यालयमा पठाउने र त्यस्ता निवेदकको आपराधिक अभिलेख जाँच गरेपश्चात प्रहरी प्रधान कार्यालयबाट प्रमाणपत्र जारी गरी सम्बन्धित कार्यालयबाट नै बितरणका लागि पठाइदिने व्यवस्था मिलाएको छ । चारित्रिक प्रमाणपत्रका लागि आइतबार देखि विहिबारसम्म निवेदन दर्ता गर्ने र निबेदन दर्ता गरेको अर्को हप्ताको बुधबारका दिन सम्बन्धीत व्यक्तिले प्रमाणपत्र पाउने छन् ।

विदेशमा भएका नेपाली, विदेशी नागरिक र शरणार्थीहरुका लागि प्रहरी प्रधान कार्यालय चालचलन शाखाबाट मात्रै निवेदन दर्ता तथा प्रमाणपत्र वितरण गरिदै आएको व्यवस्था यथावत राखिएको छ ।