२३ कार्तिक २०८३, सोमबार

क्रियाशील सदस्यतालाई लिएर कोइराला–देउवा समूहबीच झण्डै…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Meetingकाठमाडौं, ५ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा क्रियाशील सदस्यताको विषयमा केन्द्रीय सदस्यहरूबीच बिवाद भएको छ ।

क्रियाशील सदस्यता वितरणको विषयमा बिवाद देखिएपछि बैठकले सो विषय मिलाउने जिम्मेवारी पदाधिकारीहरूलाई दिएको छ ।

पार्टी मुख्यालय सानेपामा आज बसेको बैठकमा क्रियाशील सदस्यता वितरणको विषयमा सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवा समूहबीच बिवाद देखिएको हो ।

बिवाद मिलाउन बैठकले पदाधिकारीलाई गृहकार्य गर्न जिम्मेवारी दिएको स्रोतको भनाइ छ ।

सभापति कोइराला समूहले १२औँ महाधिवेशनका क्रियाशील सदस्यहरूलाई मात्रै मताधिकार दिने प्रस्ताव गरेपछि देउवा समूहले त्यसको बिरोध गरेको हो ।

देउवा समूहले सबै क्रियाशील सदस्यताका लागि निवेदन दिएकाहरूलाई सदस्यता दिनुपर्ने अडान लिँदै आएको छ ।