३० आश्विन २०८३, शुक्रबार

अमेरिकालाई निहुँ नखोज्न चीनको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Xi Jinpingकाठमाडौं, ५ पुस । चीनले अमेरिकाले सार्वजनिक रुपमै निहुँ नखोज्न चेतावनी दिएको छ ।

शनिबार दक्षिण चीन सागरमा विवादित द्वीप नजिकैबाट अमेरिकी बम वर्षक विमान बी–५२ उडेपछि चीन आक्रोशित बनेको हो । चीनले आफ्नो भुभागमा अनुमतिविनै विमान उडाएको भन्दै अमेरिकाले ‘उक्साउन’ खोजिरहेको आरोप लगाएको छ ।

यसअघि पनि अमेरिकाले गरेको उडानमा चीनले आपत्ति जनाउँदै आफ्ना सैनिकमार्फत विमानलाई चेतावनी दिएको थियो । यता अमेरिकी रक्षा मन्त्रालयले भने यो घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

दक्षिणी चीन सागरको ठूलो भुभागलाई चीनले आफ्नो भनेर दाबी गर्दै आएको छ । यही कारण धेरै छिमेकी देशसँग उसको विवाद चलिरहेको छ । अक्टुवर महिनामा पनि अमेरिकाले युद्धपोत विमानबाट यस्तै एउटा विवादित द्वीपमा उडान गरेको थियो, त्यो बेला पनि चीनले अमेरिकालाई कडा चेतावनी दिएको थियो ।

शनिवार एक वक्तव्य जारी गर्दै चीनको रक्षा मन्त्रालयले विवादित स्प्रेटली द्वीपहरुमा अमेरिका जानेर बुझेरै आफ्नो बी–५२ लडाकु विमानबाट उडान भरेर तनाव बढाइरहेको छ ।

चीनको दक्षिणी सागर
चीनको दक्षिणी सागर

अमेरिकी अखबार ‘वाल स्ट्रीट जरनल’को एक रिपोर्टमा भनिएको छ कि अमेरिकाका दुई बी–५२ विमान यो उडान अभियानमा थिए र एउटा विमान द्वीपको नजिकै पुगेको थियो ।

चीनले यो कदमलाई निहुँ खोज्ने काम भनेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ताले भने बी–५२ विमानहरु यही उडानका लागि उड्ने तर, कहिलेकाँही बाटो विराउन सक्ने बताउँछन् । तर, विशेषज्ञहरु भने यो अमेरिकाको गल्ति पनि हुन सक्छ भन्छन् । (एजेन्सीको सहयोगमा)