२३ कार्तिक २०८३, सोमबार

यी हुन सशस्त्र प्रहरीका कामु प्रमुखमाथि लागेका सनसनीपूर्ण आरोप

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Durja-kumar-rai

काठमाडौँ, ५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनको तयारीमा राखेका सशस्त्र प्रहरीका अतिरिक्त महानिरिक्षक दुर्जकुमार राईलाई सरकारले कायम मुकायम महानिरिक्षकको जिम्मेबारी दिएपछि विवाद चुलिएको छ ।
संगठनमा लामो समय काम गरेपनि उनका दर्जनौ विवादहरु सार्वजनिक भएका छन् । ०६२/६३ को जनआन्दोलन दबाउनका लागि सक्रिय रहेका उनलाई दोषी ठहर गरिएको थियो । तर, सरकारले जनआन्दोलनको वेवास्ता गर्दै उनलाई कायम मुकायम महानिरिक्षकको जिम्मेबारी दिएपछि आन्दोलनका घाइते र पीडितको अपमान भएको बताइन्छ ।

उता, आन्दोलनका दोषीमात्र नभएर राईको नागरिकता विवाद पनि बाहिर आएको छ । नागरिकतासहित उनको उमेरमा पनि विवाद देखिएको छ । सशस्त्र प्रहरी बलको रेकर्डमा नै दुर्जकुमार राईको नागरिकता विवाद छ । भोजपुर जिल्लामा जन्मिएका राईको नागरिकता प्रतिलिपि काठमाडौंबाट गरिएको थियो । भोजपुरमा बनाइएको नागरिकतामा दुर्जधन वान्तवा राईका नाममा नागरिकता लिएका उनले काठमाडौंबाट दुर्जकुमार राईको नाममा प्रतिलिपि बनाएका थिए ।

त्यसो त एसएलसीको प्रमाणपत्रमा समेत उनको उमेर विवाद भएपछि सशस्त्र प्रहरीले परिक्षा नियन्त्रण कार्यालयसँग जवाफ मागेको थियो । तर, परिक्षा नियन्त्रण कार्यालयले भने दुर्जकुमार राईको उमेर केरमेट भएको भनी सशस्त्र प्रहरीमा पत्राचार गरेको थियो ।