२३ कार्तिक २०८३, सोमबार

गौरमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gaurरौतहट, ५ पुस । यसैबीच जिल्ला प्रशासन कार्यालय रौतहटले आज सदरमुकाम गौरमा निषेधाज्ञा आदेश जारी गरेको छ ।

गौरमा आज मोर्चाका कार्यकर्ता तथा प्रहरीवीच भएको झडपमा एक जनाको मृत्यु भएको र अवस्था सामान्य नभएकाले शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी प्रशासन कार्यालयले गौर नगरपालिका क्षेत्रमा अपराह्न ४ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको हो ।

प्रशासन कार्यालयले गौर नगरपालिका अन्तर्गत उत्तरमा नयाँ बसपार्कको वडहरवा पुल, दक्षिणमा गौर भन्सार गेट, पूर्वमा हनुमानस्थानको वडहरवा पुल र पश्चिममा टिकुलिया गाउँदेखि पूर्वसम्मको क्षेत्रमा निषेधाज्ञा आदेश जारी भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल जानकारी दिनुभयो । रासस