
सर्लाही, ५ पुस । संविधान जलाउन सर्लाही सदरमुकाम पुगेका मधेसी मोर्चाका तीन नेतालाई प्रहरी पक्राउ गरेको छ ।
संसदमा पेश भएको संविधान संशोधन विधेयकको प्रति जलाउन जिल्ला प्रशासन कार्यालय पुगेका मोर्चाका कार्यकर्ताले जिल्ला प्रशासनको राहदानी फाटमा रहेको कम्प्युटर र प्रिन्टर तोडफोड गरेपछि प्रहरीले तीन नेतासहित दर्जनबढी कार्यकर्तालाई पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोक यादव, सदभावना पार्टीका जिल्ला अध्यक्ष प्रमोद साह र तराइ मधेस सदभावना पार्टीका जिल्ला अध्यक्ष कौशल रायसहित मोर्चाका अन्य कार्यकर्ता रहेका छन् ।
तमलोपा जिल्ला अध्यक्ष जंगिलाल रायका अनुसार संविधान संशोधनका लागि पेश भएको दुई विधेयक जलाउन जिल्ला प्रशासन कार्यालय अगाडि जम्मा भएका मोर्चाका कार्यकर्ता जिल्ला प्रशासन कार्यालय बन्दा गराउने क्रममा तोडफोड गर्न थालेपछि संघीय समाजवादी फोरम नेपाल, सदभावना र तमसपाका जिल्ला अध्यक्षहरु पक्राउ परेका हुन् ।












प्रतिक्रिया