२३ कार्तिक २०८३, सोमबार

कांग्रेसको कार्यसमिति बैठक बस्दै, सदस्यहरूले धारणा राख्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress CC Meetingकाठमाडौं, ५ पुस । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । आफ्नो १३औँ महाधिवेशनको तयारीमा जुटेको कांग्रेसले सो विषयमा छलफल गरी विभिन्न निर्णय गर्नेछ ।

बैठकमा धारणा राख्न बाँकी सदस्यहरूले आज टिप्पणी गर्ने छन् । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा पनि कांग्रेस बैठकमा छलफल हुनेछ ।

महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसले आफ्नो बैठक र छलफलहरूलाई तीव्र बनाएको छ । बैठक एघार बजेपछि पार्टी मुख्यालय ललितपुर सानेपामा बस्नेछ ।