– विमल योगी
काठमाडौं, ४ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सकारात्मक वार्ता भएको छ ।
कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा भएको वार्तामा संविधान संशोधन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको उपसभापति रामचन्द्र पोडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– वार्ता सकारात्मक भयो, अन्य दलहरुसँग छलफल परामर्श गरेर संविधान संशोधन विधेयकलाई थप परिमार्जन गरी अगाडि बढाउँछौं । जसबाट मधेस आन्दोलनका माग सम्बोधन हुनेछन् ।
उपसभापति पौडेलले संशोधन विधेयक परिमार्जन गरे मधेसी मोर्चाले सहमतिमा आउने संकेत गरेको बताउनुभयो ।
वार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै संघीय समाजवादी फोर नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनका माग सम्बोधन हुनेगरी संविधान संशोधन विधेयक ल्याए सहमति हुने बताउनुभयो ।
वार्तामा मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका अधयक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा दोस्रो तहका नेताहरु सहभागी थिए । यस्तै कांग्रेसबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।













प्रतिक्रिया