२३ कार्तिक २०८३, सोमबार

वन्तले राजीनामा दिँदा राईको भाग्य चम्कियो, कायममुकायम आईजीपीको जिम्मेवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

onta-durj-990x405

काठमाडौं, ४ पुस । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सिफारिस भएबमोजिम सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई तीन महिनाका लागि निलम्बन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले महानिरीक्षक वन्तलाई निलम्बन गर्नुका साथै सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईलाई कायममुकायम महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

वन्तको निलम्बनसँगै राईको भाग्य चम्किएको छ । अब कुनै विवाद नआए नयाँ वर्षमा उनी सिधै आईजीपी बन्नेछन् ।

यसअघि राईसँगै एआइजीद्धय जीवनकुमार थापा र कृष्णबहादुर तामाङको नाम पनि चर्चामा थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डको नजरमा परेर कायममुकायम आईजीपीको जिम्मेवारी पाएका राईको भाग्य चम्किएको हो ।

अब उनलाई आईजीपी हुने बाटो पनि खुलेको छ । आगामी चैत महिनापछि राई आईजीपी बन्न सक्नेछन् ।

को हुन् राई ?
जनआन्दोलन उग्र बन्दै गएको बेला २०६३ बैशाख ७ गते कलंकीमा मनपरी गोली चलाएको उनीमाथि आरोप छ । यसैकारण उनलाई आईजीपी बनाउन नहुन् एक पक्षले आवाज उठाउँदै आएको थिए । यसअघि पनि उनको बढुवा हुँदा विरोध भएको थियो ।

राईको जन्म २०१८ साल मंसिर १ गते भोजपुरको अन्नपूर्ण गाविस ८ मा भएको हो । प्रहरी निरिक्षकको रुपमा २०४३ सालमा प्रहरी सेवामा प्रवेश गरेका राईले त्रिभुवन विश्वविद्यालयको मानविकी संकायबाट स्नाकोत्तर तहसम्मको अध्ययन गरेका छन् ।
राई २०५८ सालमा नेपाल प्रहरीबाट  सशस्त्र प्रहरीमा स्तान्तरण भएका हुन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका विभिन्न तालिम केन्द्रहरुमा प्रमुखको रुपमा समेत कार्य सम्पादन गरेका राईले प्रहरीमा गोर्खा दक्षिणबाहु, संयुक्त राष्ट्रसंघ पदक, विदेशी सेवा पदक, राष्ट्रिय दैवी प्रकोप उद्धार पदक, दुर्गम सेवा पदक लगायत विभिन्न पदक पाएका छन् ।

प्रहरीमै अग्लो एआईजीको रुपमा परिचित राई चर्चित भलिबल खेलाडी पनि हुन् ।