१ कार्तिक २०८३, शनिबार

‘चीनपनि नेपालमाथी अघोषित नाकाबन्दी गर्दैछ बुझौँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rabindra Adhikari Umlकाठमाडौं, ४ पुस । व्यवस्थापिका संसदको विकास समितिका सभपाति रविन्द्र अधिकारीले नाकाबन्दीका बेला तातोपानी भन्सार नाका खोल्न चसो नदिएको भन्दै चीनप्रति गम्भीर आरोप लगाउनुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो सन्देश लेखेर एमाले नेता अधिकारीले चीनले नेपालप्रति पछिल्लो पटक देखाएको व्यबहारबाट चिन्ता जनाउनु भएको हो ।

‘यदि तातोपानी नाका खुल्दैन । नेपाली दुःखमा रमाएर चीन बर्गेनिङ गर्छ भने भारत जस्तै चीनपनि नेपालमाथी अघोषित नाकाबन्दी गर्दैछ बुझौँ’, अधिकारीले ट्वीटरमा लेख्नुभएको छ ।

एमालेका युवा नेतासमेत रहनुभएका सभापति अधिकारीले चीनले बार्गेनिङ गरेको आरोप लगाउनुभएको छ । चीनले नेपालसँग के विषयमा बार्गेनिङ गरेको छ सो विषयमा उहाँले आफ्नो ट्वीटमा केही उल्लेख गर्नुभएको छैन ।

चीनसँग जोडिएका सीमानाका खोल्नुपर्ने भन्दै विकास समितिको तर्फबाट ती नाकाहरूको स्थलगत भ्रमण गर्नुभएका सभापति अधिकारीले चीनको पछिल्लो रबैयाप्रति चिन्ता जनाउनुभएको हो । अधिकारीको चिन्तासँगै चीनप्रति बिभिन्न आशंका उब्जिएका छन् ।

उहाँले नेपालका दुई छिमेकी राष्ट्र भारत र चीनसँग समान रुपमा आर्थिक व्यापार गर्नुपर्ने बताउँदै आउनुभएको छ ।

मधेसी मोर्चाको आन्दोलनलाई समथर्न गर्दै भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएको छ । यस्तो अवस्थामा चीनले तातोपानी नाका खोल्न चासो देखाएको छैन ।

तातोपानी नाका खोल्नका लागि कुटनीतिक पहल हुन नसकेको आरोप लागिरहेका बेला संसदीय समितिका सभापति अधिकारीको ट्वीटले चीनप्रति गम्भीर आशंका उब्जाएको छ ।

कुटनीतिक जानकारहरूका अनुसार चीनले भारतलाई चिडाएर नेपाललाई तत्काल सहयोग गर्दैन भन्दै आएका छन् । सोही अभिव्यक्तिलाई सहयोग मिल्ने गरी अधिकारीले चीनले पनि नाकाबन्दी लगाएको आशंका गर्नुभएको छ ।

भूकम्पका बेलादेखि बन्द रहेको तातोपानी नाका अहिलेसम्म चीनले खोलेको छैन । नेपालतर्फबाट सबै तयारी पूरा भएका छन् । तर चीनले बिभिन्न बहानादेखाएर तातोपानी नाका खोल्न मानिरहेको छैन ।