काठमाडौँ, ३ पुस । सरकारले सशस्त्र प्रहरीको कायममुकाम प्रमुखमा दुर्जकुमार राईलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्ले शुक्रबार राति अतिरिक्त महानिरीक्षक राईलाई कायममुकाम महानिरीक्षक नियुक्त गरेको हो । जनआन्दोलनमा दमन गरेको आरोप लागेपनि प्रहरी संगठन भित्र खरो र निडर अनि इमान्दार छबि भएका राई प्रभावशाली प्रहरी अधिकृत भनेर चिनिन्छन ।
पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बनको सिफारिस गरेपछि सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले शुक्रबार राति पदबाट राजीनामा दिएका थिए ।













प्रतिक्रिया