३० आश्विन २०८३, शुक्रबार

सौराहामा हात्ती फुटबल खेल हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatti-Ffotball

काठमाडौँ, ३ पुस । ‘समाज संरक्षण र सम्बृद्धि’ भन्ने मूल नाराका साथ यसवर्ष पनि ‘चितवन हात्ती महोत्सव’ हुने भएको छ ।

यही पुस ११ देखि १५ गतेसम्म चिनतवनको सौराहामा आयोजना हुने सो १२औँै महोत्सवमा हात्तीसँग सम्बन्धित रोचक गतिविधि, खेल र सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ ।

स्थापनाकालदेखि एकातर्फीरुपमा गरिँदै आएको हात्ती दौड प्रतियोगितालाई परिमार्जन गरी हात्तीको छिटो दौड (इलाफेन्ट फाष्ट वाक)को रुपमा विकसित गरिएको महोत्सव आयोजक समितिका संयोजक सुमन घिमिरेले आज यहाँ आयोजित पत्रकार भेटमा जानकारी दिनुभयो ।

यसैगरी परिवर्तित कार्यक्रमअनुसार हात्तीका छावाका रोमाञ्चकारी फुटबल खेल, डुङ्गा, टाँगा र गाडाका गतिविधि पनि गरिने भएको उहाँले बताउनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धन गर्दै लोप हुँदै गएका हात्तीको संरक्षण तथा यसको महत्वबारे जानकारी दिने, वन्यजन्तु संरक्षण कार्यमा एकजुट हुन आग्रह गर्ने र समाजमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको सो महोत्सवमा हात्ती पिकनिक, हात्तीको शृङ्गार प्रतियोगिता र हात्तीको दिनचार्याबारे जानकारी पनि दिइने सो अवसरमा बताइयो ।

गत वैशाखमा गएको विनासकारी भूकम्प र भारतबाट भएको अघोषित नाकाबन्दीका कारण परेको असरले पर्यटकको आगमनमा कमी भए पनि आफूहरूले महोत्सवलाई निरन्तरता दिन खोजेको उल्लेख गरिएको थियो । रासस