१ कार्तिक २०८३, शनिबार

अभिनेता शाहरुखविरुद्ध मोदीले खटाए कार्यकर्ता !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-and-srk मुम्बई । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफू र आफ्नो सरकारविरुद्ध बोल्नेलाई बदला लिने दाउमा लागको पुष्टि भएको छ ।

यसअघि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको सचिवालयमा सीबीआईमार्फत छापा हान्न लगाएका मोदीले अहिले भने बलिउड स्टार अभिनेता शाहरुख खानविरुद्ध कार्यकर्ता परिचालन गरेका छन् ।

यसअघि शाहरुखले देशमा असहिष्णूता बढको भन्दै मोदी सरकारको अलोचना गरेका थिए । त्यो बेला बीजेपीका केही नेताले उनलाई देशद्रोहीसम्म भनेका थिए ।

आजबाट प्रदर्शनमा आएको फिल्म ‘दिलवाले’लाई असफल पार्न मोदीले कार्यकर्ता परिचालन गरेका हुन् । फिल्म असफल भए शाहरुखको अपमान हुने र बदला लिन सकिने भएरै मोदीका आफ्ना नेतामार्फत विभिन्न सहरमा कार्यकर्ता परिचालन गरी फिल्मको विरोध गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Dilwale-Bajirao-Mastani

मोदीको समर्थनमा रहेका देशका कैयौ हिन्दुवादी संगठनहरुले पनि शाहरुखको फिल्म नहेर्ने अपील गरेका छन् । भारतका दिल्ली, भोपाल, गोरखपुर लगायत अन्य ठूला सहरमा फिल्मको कडा विरोध भएको समाचारमा जनाइएको छ ।

यसैगरी आजैबाट प्रदर्शनमा आएको अर्काे फिल्म ‘बाजीराव मस्तानी’को जमेरै विरोध भएको छ । उक्त फिल्म मुश्लीमविरुद्ध भएको भन्दै विरोध गरिएको हो । मोदीका नेताहरुले यो फिल्मले इतिहासलाई छेडेको, संस्कृतिको खिल्ली उडाएको आरोप लगाएका छन् ।