काठमाडौं, ३ पुस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई अमेरिकाले अस्वीकार गरेको छ ।
मोदीले बुधबार अमेरिकी राष्ट्रपति बराक ओबामासँग फोनवार्ता गरी भीसा रेट नबढाउन गरेको आग्रह अमेरिकाले अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भीसा रेट बढेसँगै भारतीय कम्पनी मारमा परेका छन् । यसअघि उक्त कदम अघि बढाउने संकेत अमेरिकाले दिएपछि भारतले चिन्ता व्यक्त गरेको थियो ।
अब अमेरिकाको लोकप्रिय एच–१बी र एल–१ भीसाका लागि शुल्क दोब्बर भएको छ ।यसका लागि अब ४५ सय डलरसम्म खर्च गर्नुपर्नेछ । यो कदमले भारतीय आईटी कम्पनिहरुमा असर परेको छ । यसअघि वर्ष २०१० देखि भीसा शुल्क २ हजार रुपैयाँ थियो ।
शुल्क बढाउँदा अब अमेरिकालाई वार्षिक एक अरब डलर फाइदा हुनेछ । जून रकम भिसा व्यवस्थित पार्न खर्च गरिनेछ ।
















प्रतिक्रिया