नयाँ दिल्ली, ३ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी हप्ता रसियाको औपचारिक भ्रमण गर्नुहुने भएको छ । भारतीय सरकारी स्रोतले शुक्रबार सो समाचार सार्वजनिक गरेको छ ।
मोदीको सो भ्रमण यही डिसेम्बर २३ देखि २५ सम्म हुने पनि सो समाचार स्रोतले जानकारी दिएको बताइएको छ ।
भ्रमणको क्रममा भारतीय प्रधानमन्त्रीले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र अन्य उच्चस्तरीय रसियाली नेताहरुसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।
सो भेटवार्ताको क्रममा दुई देशबीच रक्षा सम्बन्धी सम्भौता हुने बताइएको छ । यस सम्झौताको बारेमा बिहीबार नै भारतीय सञ्चारमाध्यमहरुले जनाएका थिए ।
यसका अतिरिक्त भारतले रसियाबाट एस ४०० मिसाईल (एक किसीमको क्षेप्यास्त्र) पनि किन्ने भएको छ ।
सो क्षेप्यास्त्र खरिदको विषयमा बिहीबारै भारतीय र रसियाली रक्षा मन्त्रालयबीच खरिद पत्रमा नै हस्ताक्षर भएको जनाइएको छ । रासस/सिन्ह्वा
















प्रतिक्रिया