१ कार्तिक २०८३, शनिबार

दुई हप्तामै ‘कबड्डी कबड्डी’ले कमायो ५ करोड, सबै रेकर्ड तोड्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kabaddi-kabaddi

काठमाडौं । नेपाली चलचित्र इतिहासमै पहिलोपटक फिल्म ‘कबड्डी कबड्डी’ले दुई हप्तामै ५ करोड भन्दा बढीको व्यापार गरेको छ ।

फिल्म वितरण कम्पनी पपकर्न पिक्चर्सका प्रमुख प्रचण्डमान श्रेष्ठले राजधानी र देशबाहिरबाट ‘कबड्डी कबड्डी’ ले १९ दिनमा पाँच करोड १७ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको जानकारी दिए ।

यो कमाई नेपाली फिल्म इतिहासमै सबैभन्दा बढी हो । श्रेष्ठका अनुसार फिल्मले हालसम्मका सबै रेकर्ड समेत ताडेको छ ।

यसैबीच बुधबार ‘कबड्डी कबड्डी’ ले आफ्नो सफलताको खुसियालीमा ‘पारिवारिक भेटघाट’ आयोजना गरेको छ । गत मंसिर ११ गतेदेखि अल नेपाल प्रदर्शनमा आएको फिल्म ‘कबड्डी कबड्डी’को सफलताले नेपाली फिल्ममा पनि थुप्रै दर्शक भएको खाएको श्रेष्ठको भनाई छ ।

फिल्ममा सौगात मल्ल, दयाहाङ राई, बिजय बराल, बुद्धिलाल तामाङ, अरुणा कार्की लगायतको अभिनय रहेको छ ।