काठमाडौं । बलिउडका स्टार अभिनेता शाहरुख खानको फिल्म दिलवाले शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ ।
क्रिशमस डे को अवसर पारेर फिल्म दिलवाले प्रदर्शनमा आउन लागेको हो । उक्त फिल्मले अहिलेसम्मका सबै रेकर्ड तोड्ने अनुमान गरिएको छ ।
तर, नेपालमा भने शाहरुखलाई टक्कर दिन मैदानमा उत्रिएका नेपाली निर्देशक निरञ्जन थापा । राष्ट्र, राष्ट्रियता र नेपाली खेलकुदमा हुने गतिविधीलाई समेटेर तयार पारिएको फिल्म मिशन खेलाडीले दिलवालेलाई टक्कर दिने भएको हो ।
फिल्म मिशन खेलाडी शुक्रबारबाट अल नेपाल रिलिज हुँदैछ । दिलवालेसँग किन भिड्नुभयो भन्ने प्रश्नमा निरञ्जन भन्छन्– नेपाली फिल्मको आफ्नै पब्लिसिटी छ, त्यसमा पनि अहिले राष्ट्रियताको विषय उठेको छ जून हामीले देखाउन खोजेका छौं । त्यसकारण हाम्रो फिल्म चल्छ ।
पछिल्लो समय भारतको नाकाबन्दीले नेपाली फिल्म हेर्ने दर्शक बढेका छन् भने भारतीय फिल्म हेर्न छाडेको बताइन्छ ।
दिलवाले फिल्ममा शाहरुखका साथै काजोल, वरुण धवन र कृति सेसनको मुख्य भुमिका रहेको छ । त्यसैगरी मिशन खेलाडीमा सुष्मा कार्की, निरञ्जन थापा लगायको अभिनय रहेको छ ।
भोलीबाट प्रदर्शनमा आउने दुबै फिल्ममा को सफल हुन्छ त्यो बाँकी नै छ ।
















प्रतिक्रिया