३० आश्विन २०८३, शुक्रबार

मोदीलाई आफ्नै सभासदको झापड !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-main2काठमाडौं, १ पुस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनकै सांसदले कसिलो झापड प्रहार गरेका छन् ।

पहिला पनि धेरै पटक आफ्नो पार्टी बीजेपी र मोदी सरकारको कडा आलोचना गर्दै आएका बीजेपी सांसद तथा अभिनेता शत्रुघ्न सिन्हाले एसपटक सिधै मोदीमाथि प्रहार गरेका हुन् ।

मोदीविरुद्ध विचारको कडा झापड प्रहार गर्दै सिन्हाले केजरीवालमाथि छापा हान्नु मोदीको मुर्खता भएको बताएका छन् ।

उनले केजरीवाल वा उनको सचिवालयमा सीबीआईले छापा हान्ने समय नमिलेको भन्दै मोदीलाई विचार गर्न चेतावनी समेत दिएका छन् । उनले भनेका छन्– सीबीआईको छापा हान्ने समय मिलेन । यसरी पठाउने मोदी सरकारले बुद्धि लगाहोस् । मंगलबार एकाविहानै सीबीआईले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको सचिवालयमा छापा हानेको थियो ।

shatrughan-sinha
शत्रुघ्न सिन्हा

अभिनेताबाट नेता बनेका शत्रुघ्नले पहिलापनि पार्टी र पार्टी नेतृत्वको मोदी सरकामाथि प्रश्न उठाउँदै आएका छन् । बिहार चुनावमा पनि उनले पार्टीको आलोचना गर्दै नीतिश कुमारको पक्षमा बोलेका थिए । त्यो बेला उनलाई पार्टीबाट निकाल्नुपर्ने आवाज उठेपनि उनले निकालेर देखाउन मोदीलाई चुनौति दिएका थिए ।

यो घटनाबाट मोदी छिमेकी देशका नजरमा मात्र नभइ आफ्नै पार्टीका नेताका नजरमा भिलेन बनेको प्रष्ट हुन्छ ।