काठमाडौं, १ पुस । सरकारसमक्ष आन्दोलनकारी, असन्तुष्ट वा निश्चित विषयसग सरोकार राख्नेहरु ज्ञापनपत्र बुझाउन जानु सामान्य हो, तरकार्यकारी निकायमा रहेको सरकारकै प्रभावशाली सदस्य मागपत्र बुझाउन गए के होला ?
यस्तो अभ्यास मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देखिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
सरकारका छ उपप्रधानमन्त्रीमध्ये एक विजयकुमार गच्छदार आफू अध्यक्ष रहेको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको उच्च प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री भेट्न पुगे ।
प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र दिने दलको राजनीतिक समिति निर्णयको व्यहोरा फेरबदल गर्दै गच्छदारले ध्यानाकर्षणपत्र भन्ने शब्दावली राखेका थिए ।















प्रतिक्रिया