
काठमाडौं, १ पुस । अभावको मौका छोप्दै मिलेमतोमा इन्धन कालोबजारी एवं उपभोक्ता ठगी मौलाउँदो छ तर सरकारी नियामक निकायले नाम मात्रको अनुगमन गरिरहेको खुलेको छ ।
दिनहुँ तेल अनुगमनमा खटिने ५० कर्मचारीमध्ये आधा श्रेणीविहीन तहका छन् जसलाई कसरी जाँच्ने भन्ने प्राविधिक ज्ञान नै छैन । नागरिक दैनिकले समाचार छापेको छ ।
न्यूनतम प्राविधिक ज्ञानसमेत नभएका कर्मचारीलाई पेट्रोलपम्पबाट बाँडिने पेट्रोल–डिजेलको अनुगमन गर्न पठाउँदा कालोबजारी र अनियमितता रोकिनुसट्टा झन् बढ्दो छ ।
स्रोतका अनुसार अनुगमनमा खटिने धेरैजसो कर्मचारीलाई थानकोटबाट कति तेल आयो भनेर हेर्न (डिप गर्न) समेत आउँदैन ।
कतिपयलाई त पम्पबारे मूल्यांकन फारम भर्नसमेत आउँदैन ।
‘डिप गर्न, फारम भर्न, पम्पमा कति तेल बाँकी छ भनेर जाँच्नसमेत नआउने कर्मचारी अनुगमनमा खटाउँदा कसरी सही सूचना आउँछ ?’ स्रोतले भन्यो, ‘अनियमितता रोक्नेभन्दा पनि भत्ता पचाउन मात्र अनुगमनको नाटक रचिएको छ ।’















प्रतिक्रिया