काठमाडौं, २९ मंसिर । पाकिस्तानले ९ सय किलोमिटर टाढासम्म क्षेप्यास्त्र हान्न सक्ने क्षमताको परमाणु मिसाइलको सफल परीक्षण गरेको छ ।
‘शाहीन–१ए’ नामको मिसाइलको मंगलवार सफलतापूर्वक परीक्षण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केही दिन पहिला पनि यस्तै प्रकारको परमाणु क्षमता भएको २७५० किलोमिटर टाढासम्म क्षेप्यास्त्र हान्न सक्ने मिसाइलको सफल परीक्षण गरेको पाकिस्तानले दोस्रो मिसाइलमा पनि सफलता हात पारेको हो ।
उक्त मिसाइलबाट भारतलाई सिधै आक्रमण गर्न सकिन्छ । तथ्यांकअनुसार उक्त मिसाइलले पाकिस्तानबाट भारतको कोलकत्तासम्म क्षेप्यास्त्र हान्न सकिन्छ । पाकिस्तानको सफल परीक्षणले भारत चिन्तामा डुबेको बताइएको छ ।
आज गरिएको मिसाइलको परीक्षण अज्ञात स्थानबाट गरिएको हो । जसको प्रभाव अरब सागरमा परेको बताइएको छ । पाकिस्तानको रणनीतिक बलका रणनीति योजना विभागका महानिर्देशक लेफ्टिनेंट जनरल मजहर जमीलले दोस्रो मिसाइलको सफल परीक्षण गरिएको बताए । उनले सफल परीक्षण गर्ने वैज्ञानिक र इन्जिनियरहरुको टीमलाई बधाई दिएका छन् ।
उनले भनेका छन्– शाहीन–१ए को सफल परीक्षणले पाकिस्तानको रणनीतिक क्षमतालाई अझै उचाई दिएको छ ।
पछिल्लो हप्ता पाकिस्तानले मध्यम दूरीको शाहीन–३ नामको मिसाइल परीक्षण गरेको थियो, जो २७५० किलोमीटर टाढासम्म जमिनबाटै जमिनमा मार हान्न सक्छ । (एजेन्सीको सहयोगमा)
















प्रतिक्रिया