१ कार्तिक २०८३, शनिबार

संसदले पनि टेरेन् मधेसी मोर्चालाई, मधेसी सभासदको ‘बेइज्जत’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, २९ मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अवरोधका बाबजुद व्यवस्थापिका संसदको बैठक आजबाट सुरु भएको छ ।

मोर्चाको अवरोधका कारण करिब दुई महिनादेखि अवरुद्ध आएको संसदमा मधेसवादी दलका सासंदलाई अटेरी गर्दै मंगलबार दुईवटा महत्वपूर्ण विधेयक पेश गरिएको छ ।

निर्धारित समयभन्दा निक्कै ढिलो सुरु भएको आजको बैठकमा नेपालको संविधान संशोधन गर्न बनेका दुई वटा विधेयक सरकारकातर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले पेश गरे ।

यसअघि, विधायन समितिका सभापति गंगा चौधरीले भूकम्पबाट प्रभवित संरचनाको पुनःनिर्माण विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७२ सदन समक्ष पेश गरेकी थिईन् ।

महत्वपूर्ण दुई विधेयक पेश भइरहँदा मधेसी सांसदहरु नाराबाजी गरिरहेका थिए । तर, संसदले सुन्दै सुनेनन् । संसदले अटेरी गरेपछि नारा लगाउँदा लगाउँदै मधेसी सांसदहरुको लाज भयो । पछि आफैले नाराबाजी रोकेर बाहिर निस्किए । संसदको आजको कदमले मधेस आन्दोलन थप कमजोर भएको देखिएको छ ।

यसअघि सरकार तथा कांग्रेसले पनि मोर्चालाई वार्ता बोलाएर भुलाउन खोजिरहेका थिए । उनीहरुका माग पुरा गर्नमा कांग्रेस एमाले र एमाओवादीले अटेरी गर्दै आएका थिए ।

के–के भयो आजको संसद बैठकमा ?

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने सो विधेयकले आफ्नो आन्दोलनका मागलाई सम्बोधन गर्न नसक्ने जनाउँदै एकमुष्ट सहमति हुनुपर्ने अडान राख्दै आएको छ । सत्तारुढ दल र प्रतिपक्ष काँग्रेसले भने संविधान संशोधनसम्बन्धी सो विधेयकले आन्दोलनको माग सम्बोधन गर्न मार्गप्रशस्त गर्ने सन्दर्भमा आधार तयार गर्ने विश्वास लिएका छन् । नेपालको संविधान गत असोज ३ गते जारी भई कार्यान्वयनका चरणमा छ ।

मोर्चासँग आबद्ध दलले मधेसी जनताको माग र भावना अनुरुप नरहेको भनी संविधानलाई अस्वीकार गर्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले आन्दोलन गरेको एक सय दिन पार गरिसकेको छ । निर्धारित समयभन्दा साढे दुई घन्टा ढिलो अर्थात् अपराह्न १५ः३० बजे सुरु भएको बैठकको प्रारम्भमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

पत्र पढेर सुनाइयो

सभामुख ओनसरी घर्तीले उनीहरुलाई आसन ग्रहण गर्न आग्रह गरे पनि उहाँहरुले त्यसलाई अस्वीकार गरेपछि विरोध भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त वर्तमान मन्त्रिपरिषद् गठन, कार्यविभाजन र हेरफेसम्बन्धी पत्र पढेर सुनाईन् ।

हेरफेर तथा थपघट

सभामुखले व्यवस्थापिका–संसद् अन्तर्गतका विभिन्न समितिमा सदस्यको नाम थपघट तथा हेरफेर गरिएको छ । बैठकमा सभामुखले व्यवस्थापिका–संसद् नियमावली मस्यौदा समितिमा रहने सदस्यको नाम थप गरिएको जानकारी दिईन् ।

प्रतिवेदन पेस

महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झालाई समितिको वार्षिक प्रतिवेदन पेस गर्न सभामुखले अनुमति दिनासाथ मोर्चासँग आबद्ध दलका सांसदले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरे । उनीहरुले नाराबाजी गरिरहँदा समितिका सभापति झाले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सङ्क्षिप्त प्रतिवेदन वाचनसमेत गरेर सुनाईन् ।

पुनःनिर्माण विधेयक प्रस्तुत
त्यसको लगत्तै विधायन समितिका सभापति गङ्गा चौधरी (सत्गौवा)ले ‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७२’ सदन समक्ष प्रस्तुत गरिन् ।

सभापति चौधरीले उक्त विधेयक प्रस्तुत गरिरहँदा मोर्चासँग आबद्ध दलका सांसदले नाराबाजी गरिरहेका थिए ।  । संसद्मा उक्त विधेयक प्रस्तुत गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच लामो समयदेखि विवाद रहँदै आएको थियो ।

संसद्को अर्काे बैठक पुस १ गते अपराह्न ४ः०० बजे बस्ने छ ।