३० आश्विन २०८३, शुक्रबार

दिल्लीका मुख्यमन्त्री केजरीवाल यसरी बने मोदीको शिकार !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kejriwal-modi

नयाँ दिल्ली, २९ मङ्सिर । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको प्रशासन मुख्यालयमा फेडेरर इन्भेस्टिगेटरले मङ्गलबार छापा मारेको बताउनु भएको छ ।

मुख्यमन्त्री केजरीवालले आफ्नो कार्यालय तथा दिल्लीको प्रशासनमाथि छापा मारिनुलाई प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक प्रतिशोध लिनका लागी गरिएको काम भनी टिप्पणी गर्नु भएको छ ।

केजरीवालले यसलाई भारतीय प्रधानमन्त्रीको ‘मनोरोगग्रस्त’ राजनीतिक प्रतिशोधको उपजका रुपमा आएको प्रतिक्रिया भएको जिकिर गर्नु भएको छ ।

छापाबारे बिस्तृतमा ब्याख्या नगरिकनै सिविआईले उसका अनुसन्धान अधिकारीले दिल्ली सचिवालय अन्तर्गत केही कार्यालयहरू अनुसन्धानका लागी नियन्त्रणमा लिइएको बताएको छ ।

हामीले मुख्यमन्त्रीको कार्यालयका एक कर्मचारीमाथि अनुसन्धान अघि बढाएका छौं, सिविआई प्रवक्ता आरके गौरले भन्नुभयो । अनुसन्धान समुहले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको नभै छानविनका लागि केही क्षेत्रमा प्रवेशमा कडाइ गरेको जानकारी गराएको छ ।

तर केजरीवालले केन्द्र सरकारप्रति उत्तरदायी सिविआईको दाबी झुटो भएको बताउनुभएको छ । उहाँले आफ्नै कार्यालयमा केन्द्र सरकारको मातहतमा रहेको सिबिआइले गरेको खानतलासी अर्थपूर्ण रहेको जनाउनुभएको हो ।  “सेन्ट्रल ब्युरो अफ इन्भेष्टिगेसन (सिबिआई) ले मेरो आफ्नै अफिसमा छापा मारेको छ,” भारतीय भ्रष्ट्राचारविरोधी आम आदमी पार्टी (आप) का नेता केजरीवाले ट्वीट गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले भनुन् उनले कुन फाइल चाहेका हुन् ? यदि सिविआईसँग राजेन्द्रले विरुद्धको गरेको अनियमितता सम्वन्धी कुनै सबुद प्रमाण छ भने किन सिविआइले त्यो मलाई जानकारी गराउदैन ?– मुख्यमन्त्री केजरीवालले भन्नुभयो ।

“मोदीले आप पार्टीसँग राजनैतिकरुपमा प्रतिवाद गर्न नसकेपछि यो कायरता देखाएका छन्,” नेता केजरीवालले भन्नुभएको छ ।
तर सिविआईले भने यसबारे तत्कालै कुनै प्रतिक्रिया जनाइसकेको छैन । भारतीय टेलिभिजनले भने सिविआई स्रोतलाई उद्धृत गर्दै छापा केजरीवालका प्रमुख सचिव राजेद्रकुमार विरुद्ध भएको भनेका छन् ।

केजरीवाल र भारतीय प्रधानमन्त्रीलाई कटू प्रतिद्वन्द्वीका रुपमा चिनिदै आइएको छ । उहाँहरूबीच गत बर्ष भएको आम चुनाबमा वाराणासीको निर्बाचन क्षेत्रमा प्रतिस्पर्धा भएको थियो ।

केजरीवाललाई प्रधानमन्त्री मोदीले भारी मत अन्तरले पराजित गर्नुभएको थियो । पछि राज्यसभा निर्वाचनमा भने मोदीको भारतीय जनता पार्टीलाई आपले अकल्पनीय बहुमतद्वारा पराजित गरेको थियो । रासस/एएफपी