३० आश्विन २०८३, शुक्रबार

दिल्लीका मुख्यमन्त्री केजरीवालले भने- नरेन्द्र मोदी ‘कायर’ हुन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-Kejariwalकाठमाडौं, २९ मंसिर । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘कायर’ भनेका छन् ।

मंगलबार आफ्नो सचिवालयमा सीबीआईले छापा मारेपछि प्रतिक्रिया दिँदै केजरीवालले राजनीतिक रुपमा आफूलाई पराजित गर्न नसकेपछि मोदीले सीबीआईको प्रयोग गरेको दाबी गरेका छन् ।

आम आदमी पार्टीका संयोजक समेत रहेका केजरीवालले मोदीको यो कदमलाई ‘कायर’ भनेका छन् । भारतीय न्यूज च्यानल आजतकका अनुसार आज विहानै सीबीआईले केजरीवालको सचिवालयमा छापा हानेको थियो ।

दिल्ली विधानसभा चुनावमा मोदीलाई नराम्रोसँग पराजित गरेको केजरीवालसँग बदला लिन सीबीआई प्रयोग गरेर बदनाम गर्न खोजेको आम आदमी पार्टीका नेताहरुले आरोप लगाएका छन् ।