६ कार्तिक २०८३, शुक्रबार

आइएस र दाउदका एजेन्ट नेपालमा ? सूचना दिन भारतको गुहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Is-Ladaku

काठमाडौं । पेरिस आक्रमणपछि मुस्लिम अतिवादी संगठन आईएस (इस्लामिक स्टेट) पश्चिमी देशका लागि नयाँ आतंक बन्दै गएको छ ।

इराक र सिरियाका केही भूभाग कब्जामा लिएर आफ्नो गतिविधि विस्तार गर्दै आएको यो समूहले विश्वकै धेरै देशलाई तनाव दिइरहेको छ । दक्षिण एसियामा आइएसको थ्रेट बढ्दै गएको छ । बंगलादेशमा चार जनाको आईएसबाट हत्या भइसकेका छन् भने भारतमा आइएससँग आबद्ध व्यक्तिहरु पटकपटक पक्राउ पर्दै आएका छन् ।

छिमेकी भारतमा मात्र होइन, नेपालमा पनि आइएसविरुद्द सतर्कता अपनाइएको छ । नेपालमा आइएसबाट कुनै थ्रेट नभए पनि नेपालाई सेल्टर बनाउन सक्ने आशंकामा गृह मन्त्रालयले विशेष सतर्कता अपनाउन नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र अध्यागमन विभागलाई निर्देशन दिएको छ । आईएसकै बढ्दो गतिविधिका कारण अध्यागमन विभागले सिरियाका नागरिकलाई भिजिट भिसा नदिने प्रस्ताव अघि बढाएको छ ।

उच्च सुरक्षा स्रोतका अनुसार भारतले पनि पछिल्लो समय दाउद इ्रब्राहिमसँगै आईएसमा संलग्न व्यक्तिहरुको बारेमा बारम्बार सूचना नेपालका सुरक्षा अधिकारीलाई दिएर निगरानी गर्न आग्रह गर्दै आएको छ । दृष्टि साप्ताहिकमा खबर छ ।