६ कार्तिक २०८३, शुक्रबार

बाबुका साथीको बलात्कारबाट जन्मिएको बच्चा लिएर किशोरी अदात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

स्याङ्जां, २९ मंसिर । बाबुको साथी होमबहादुर थापाबाट गर्भवती भएकी १४ वर्षकी किशोरी आमा महिना दिनको काखे नानी च्यापेर न्याय खोज्दै अदालत पुगेकी छन् ।

छोरो जन्मेको ३४ दिन पुग्दा पनि बाबु सम्पर्कमा नआएपछि पिता कायम गरी न्वारान गरिपाउन र माना चामलको व्यवस्था गर्न भन्दै क्याक्मी गाविस ८ देउरालीकी किशोरी सिम्पल राना अदालत पुगेकी छिन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

सिम्पपले कात्तिक दुई गते छोरा जन्माएकी थिइन् । छोराको न्वारान गर्न र सुत्केरी स्याहार्न आउँछु भनेर फोनमार्फत जानकारी गराएका ४२ वर्षका होमबहादुर थापा घरमा नआएपछि आफू अदालतको शरणमा आउने परेको उनले बताइन् । सिम्पल आफ्ना ३१ वर्षका पिता चोकबहादुर रानासँगै भारतमा बस्थिन ।