१ कार्तिक २०८३, शनिबार

‘उठ गोरखाली जुट नेपाली’ भन्दै रत्नपार्कमा छमछमी नाँचे सांसदहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gorkhali-Sansad-Music-Viedo (1)

काठमाडौं । राष्ट्रिय स्वाधिनताको आन्दोलन चलिरहेको बेला अझ राष्ट्रिय भावनालाई बलियो बनाउने उद्देश्यसहित सिने साइट डिजिटलको प्रस्तुतिमा वर्तमान सांसदको समेत अभिनय रहेको राष्ट्रिय गीतको छायांकन सोमबार काठमाडौंको रत्नपार्कमा सकिएको छ ।

गायक सगुन तामाङको स्वर र शब्दमा रहेको ‘उठ गोरखाली जुट नेपाली’ नामक गीतको छायाँकन सकिएको हो । सञ्चारकर्मी अर्जुनबहादुर तामाङको निर्देशन रहेको शैलप वाईबाद्धारा संगीतबद्ध सो गीतमा विश्व सामु नेपाललाई चिनाउन र देशको निम्ति कर्म गर्न युवाहरुलाई आव्हान गरिएको छ ।

Gorkhali-Sansad-Music-Viedo (2)

राष्ट्रिय गीतमा सांसदद्वय जगदीश्वर नरसिंह केसी, यशोदाकुमारी लामा, हास्य कलाकारद्वय निरु खड्का (ठ्यास कुमारी) अभिनेता शिवहरि नेपाल, पत्रकार बिष्णु निश्चल, अन्य कलाकारमा गायक तामाङसहित युवा व्यवसायीद्वय राजकुमार डंगोल, सविन लामा, राजनितिज्ञ कृष्ण कुईकेल, कर्मचारी दामोदर लामा, संजिता ङार्थेन, जयन्द्र लिम्बू, इशारा थिङ, निराजन तामाङ, रुपा लिम्बु , मनोज स्याङ्तान, सर्मिला कुटुलयायतको अभिनय रहेको छ ।