२३ कार्तिक २०८३, सोमबार

एमाओवादी बैठकमा ‘शक्ति’को खुलेरै चर्चा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sakti-bashnetकाठमाडौं, २८ मंसिर । झण्डै दुई सातादेखि जारी एकीकृत माओवादीको केन्द्रीय कार्यसमितिको बैठकमा सरकारको कामकारबाही र आफ्ना मन्त्रीहरूको आलोचनामै सीमित हुन थालेको छ ।

कोटेश्वरस्थित मुख्यालयमा बस्दै आएको बैठकमा विशेष गरेर गृहमन्त्री शक्तिबहादुर बस्नेको आलोचना भएको छ । यही मौका छोपेर विरोधीहरूले पनि बस्नेतलाई गृहमन्त्रीबाट हटाउन खोजेको चर्चा पनि हुन थालेको छ ।

एमाओवादीका नेता गोपाल किराँतीले त सार्वजनिक सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता दिएर गृहमन्त्री बस्नेतको राजीनामा माग गर्नुभएको छ । राजीनामा मागसँग यो विषयले एमाओवादीभित्र ठूलो रुप लिएको छ ।

अध्यक्ष पुष्पकमल दाहालका चार नातीनतिना र आफ्ना दुई छोरीलाई चीन पठाउने निर्णय गरेसँग गृहमन्त्री बस्नेतको आलोचनो भएको हो । यो विषयलाई स्वयं अध्यक्ष दाहालले पनि रुचाएका छैनन् ।

बैठकमा टोपबहादुर रायमाझीको पनि चर्चा हुने गरेको छ । रायमाझीले उपप्रधान एवम् उर्जा मन्त्रालयको जिम्मेवारी लिएका छन् । उनले पनि पार्टीसँग समन्वय नगरेर काम गरेको आरोप छ ।

प्रचार धेरै खोज्ने र काम थोरै गरेको भन्दै एमाओवादी बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको ठूलो विरोध भएको छ ।

नारायणकाजी श्रेष्ठको समूहबाट मन्त्री पड्काएका पोखरेलले खासै नीतिगत काम गर्न नसकेको र आरक्षण सिटहरूमा आफन्तलाई दिने गरेको आरोप केन्द्रीय समिति बैठकमा लागेको स्रोतको भनाइ छ ।

यसैबीच, एमाओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठकमा उठोका जिज्ञासाको जवाफ अध्यक्ष दाहालले दिने कार्यक्रम रहेको बुझिएको छ ।