६ कार्तिक २०८३, शुक्रबार

नेपालबाट रसिया जाने युवासँग लाखौ लुटिदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Russiaकाठमाडौं, २८ मंसिर । भारतीय र पाकिस्तानीको सेटिङमा नेपाली युवालाई अवैध रुपमा रुस पठाउने गिरोह काठमाडौंमा सक्रिय देखिएको छ ।

रुसको राजधानी मस्कोमा राम्रो काम र आकर्षक तलब पाउने प्रलोभनमा नेपाली युवा ठगिन थालेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

पछिल्लोपटक कामका लागि रुस हिँडेका बौआगुम्बा पाल्पाका हुमबहादुर राना र दिनबहादुर रानालाई मस्कोस्थित अध्यागमन कार्यालयले फर्काइदिएपछि यसबारे खुलेको हो रानाद्वय नजिकका नातेदार हुन् ।

उनीहरुले भारतको राजधानी मस्कोमा रहेको एजेन्टले आफूहरुलाई फसाएको बताए पनि काठमाडौंमा उनीहरुको सेटिङ मिलाइदिने व्यक्तिका बारे भने बताउन चाहेनन् ।

उनीहरुलाई काठमाडौंबाटै दलालले नयाँदिल्ली र मस्कोमा कनेक्सन गराएका थिए ।