
नयाँ दिल्ली, २७ मंसिर । भारतको संसदमा आतंकवादी हमला भएको आज १४ वर्ष पुगेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार जम्बू कश्मिरलाई स्वतन्त्र राज्य माग गरिरहेको आतंकवादी संगठन जैश–ए–मोहम्मदका पाँच लडाकूले आजभन्दा १४ वर्ष पहिला भारतीय संसदभित्र छिरेर अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको थियो ।
यो घटना १३ डिसेम्बर २००१ अर्थात आइतबारकै दिन भएको थियो । त्यो दिन संसदको कामकारवाही चलिरहेका बेला राज्यसभा र लोकसभामा विहान साढे ११ बजे एके–४७ राइफल र हैण्ड ग्रेनेड बोकेका पाँच आतंकवादी लडाकूले अन्धाधुन्ध गोली चलाएर हमला गरेका थिए । जहाँ ८ सुरक्षाकर्मी र संसदकी १ महिला कर्मचारीको मृत्यु भयो । तर, त्यहाँ उपस्थित मन्त्री र सांसदलाई केही भएन् । तर, दर्जनौ सुरक्षाकर्मी घाइते भए ।

हमला भएको दिनलाई सम्झेर आइतबार भारतका नेताहरुले शहिदप्रति श्रद्धाञ्जलि अपर्ण गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा स्पीकर सुमित्रा महाजन, भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी, पूर्व पीएम मनमोहन सिंह र कांग्रेस अध्यक्षा सोनिया गान्धी लगायतका नेताहरुले शहिदलाई श्रद्धाञ्जलि दिएका थिए ।
उक्त घटना पाकिस्तानकै सहयोगमा भएको आरोप भारतले लगाउँदै आएको छ । घटनाका मुख्य योजनाकार अफजल गुरुलाई पक्राउ गरेर भारतले ९ फेब्रअरी २०१३ दिल्लीको तिहाड जेलमा मृत्युदण्ड दिएको थियो । (एजेन्सीको सहयोगमा)















प्रतिक्रिया