२३ कार्तिक २०८३, सोमबार

संविधान राम्रो छ भन्ने कुराको प्रतिफल व्यवहारबाट पाउनुपर्छः मन्त्री राई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ser-dhan-raiकाठमाडौँ, २७ मङ्सिर । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले संविधान राम्रो छ भन्ने कुराको प्रत्याभूति जनतालाई सेवा प्रवाहका माध्यमबाट गराइनुपर्ने बताउनुभएको छ ।

मन्त्रालय र सोअन्तर्गतका विभागीय प्रमुख बीचमा भएको मन्त्रालयको दुई वर्षीय कार्ययोजनासम्बन्धी छलफल कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री राईले “जनताले संविधान राम्रो छ भन्ने कुराको प्रतिफल व्यवहारबाट पाउनुपर्छ, संविधानको पाना पल्टाएर होइन, यसो गर्न सकिए मात्र राष्ट्रिय भावनाको जग बलियो हुन्छ”–भन्नुभयो ।

सार्वजनिक सेवासुविधालाई छिटो र सरल ढङ्गबाट जनतामा पु¥याएर नयाँ संविधानले व्यवस्था गरेका प्रावधान बुझाउन सरकारले दुई वर्षीय कार्ययोजना ल्याएको हो । “यसलाई सरोकारवाला निकायले छिटो कार्यान्वयनमा लैजानुपर्छ, यो कार्ययोजना मन्त्रिपरिषद्को बैठकले हालै पारित गरेको हो” सरकारका प्रवक्ता राईले भन्नुभयो । सम्बन्धित कार्यालयलाई तोकिएकै समयमा कार्ययोजनामा उल्लेख गरिएका काम सम्पन्न गर्नका लागि जनशक्ति परिचालन गर्न पनि उहाँले निर्देशन दिनुभयो । रासस