काठमाडौँ, २७ मङ्सिर । सर्वाधिक पुरस्कार राशि भएको ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) धादिङ कलाकार टोलीलाई पराजित गर्दै विजयी भएको छ ।
नयाँ बसपार्कमा आज भएको उक्त प्रतियोगितामा एपिएफ धादिङलाई ३–० को सोझो स्थितिले पराजित गर्दै विजयी भएको हो । एपिएफले धादिङलाई २५– १७, २५–७ र २५–५ बाट लगातार पराजित गरेको थियो ।
त्यस्तै सोही स्थानमा आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब पनि चन्डेश्वरी युवा क्लबलाई ३–० कै स्थितिमा पराजित गर्दै विजयी भयो । आर्मीले चण्डेश्वरीलाई २५–१२, २५–७ र २५–१७ बाट लगातार पाखा लगाएको थियो ।
त्यसैगरी चितवनको जानकी विद्या मन्दिरले विन्ध्यवासिनी युवा क्लबलाई ३–० को स्थितिबाट पराजित ग¥यो । जानकीले विन्ध्यबासिनीमाथि २५–१२, २५–७ र २५–१७ बाट लगातार पराजित गरेकोे हो ।
ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा १३ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले रु दुई लाख ६० हजार तथा उपविजेता टोलीले रु एक लाख ३० हजार प्राप्त गर्नेछन् । रासस
















प्रतिक्रिया