२३ कार्तिक २०८३, सोमबार

सरकार, कांग्रेस र मधेसी मोर्चाबीच १ बजेपछि वार्ता हुँदै, मोर्चाका माग सम्बोधन गर्ने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4-party-meetingकाठमाडौं, २७ मंसिर । सरकार, प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच आज दिउँसो १ बजेपछि वार्ता हुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार दिउँसो १ बजेपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा त्रिपक्षीय वार्ता हुने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको वार्तामा मधेसी मोर्चाले राखेको ११ बुँदे माग सम्बोधनका विषयमा छलफल हुने र निष्कर्षमा पुगिने प्रयास गरिने कार्यक्रम छ । साथै यथाशिघ्र नाकाबन्दी हटाउन पहल गरिनेछ ।

बैठकमा कांग्रेस र मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागी हुने बताइएको छ ।