२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चाले अस्वीकार गर्‍यो कांग्रेसको प्रस्ताव, वार्ता फलदायी भएन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress

– विमल योगी
काठमाडौं, २७ मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले प्रतिपक्षी दल कांग्रेसको प्रस्ताव अस्वीकार गरेका छन् ।

आइतबार विहान कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा भएको वार्तामा मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टी नेताहरुले संविधान संशोधनमा सहयोग गर्न गरेको प्रस्ताव अस्वीकार गरेका हुन् ।

वार्तापछि सञ्चारकर्मीलाई जानकारी गराउँदै तमलोपाका नेता हृदेश त्रिपाठीले वार्ता फलदायी नभएको बताए । उनले भने- वार्ता फलदायी भएन्, कांग्रेसले संविधान संशोधन प्रस्ताव अगाडि बढाउन सहयोग गर्नुस्, संसद अवरुद्ध नगर्नुस् भन्यो । हामीले मानेनौं किनकि संशोधन प्रस्तावले मधेसी, थारुको माग सम्बोधन गर्न सक्दैन् ।

वार्तापछि कांग्रेस नेता विमलेन्द्र निधीले मधेसवादी दलका नेताहरुलाई कांग्रेसको संशोधन प्रस्ताव भाषा मिलाएर अगाडी बढाउन भन्दा नमानेको बताए । यसअघि बसेको कांग्रेस केन्द्रीय पदाधिकारी बैठकले संशोधन प्रस्ताव सच्याउन मधेसवादी दलका नेताहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।