६ कार्तिक २०८३, शुक्रबार

सरकारको कार्यशैलीप्रति सत्तासाझेदार दल एमाओवादी असन्तुष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Umaobadiकाठमाडौं, २७ मंसिर । सरकारको कार्यशैलीलाई लिएर सत्तारूढ पार्टी एमाओवादीभित्र असन्तुष्टि बढेको छ ।

स्थायी समिति र पार्टीका मन्त्रीहरूबीच शनिबार बिहान बसेको बैठकमा नेताहरुले आफ्ना मन्त्रीहरुको अनुशासन र कार्यशैली पार्टीको आचारसंहिता अनुरुप नभएको भन्दै फिर्ता बोलाउनुपर्ने मागसमेत गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकमा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो संयोजकत्वमा गठित सरकार संयोजन तथा परिचालन संयन्त्रले निर्माण गरेको आचारसंहिताविपरीत मन्त्रीहरु गएको भन्दै यो क्रम जारी रहे आफूले संयन्त्रको जिम्मेवारी त्याग्ने चेतावनी समेत दिए ।

स्थायी समिति स्रोतका अनुसार पार्टी अनुशासन र आचारसंहिता तोडै मन्त्रीहरु अघि बढेको भन्दै समितिमा आलोचना भएको थियो ।